बैशाख १५, २०८१, शनिबार
               

मलेसियामा एक नेपाली युवकले नै गरे नेपाली युवतिको छुरा हानी हत्या

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । मलेसियामा एक युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् । मलेसियाको सेलेङर शहरस्थित नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ ।

 भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया  मगरको बुधबार ती युवकले हत्या गरेको प्रहरीको भनाइ छ । मृतक युवती मगर स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् ।

प्रहरीका अनुसार त्यस रेष्टुरेन्टमा ग्राहक बनेर गएका ती युवकले सामान्य बिवादद  हुँदा युवतीमाथि छुरा हानेका थिए । हत्यारा युवकको भने परिचय गोप्य राखेको छ ।

तर, हत्यारा युवकलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक युवतीको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि