बैशाख १५, २०८१, शनिबार
               

साउदीमा अब कामदारले रोजगारदाताको अनुमतिबिना काम परिवर्तन र घर फर्कन पाउने

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । साउदी अरेवियाले बुधवार आफ्नो श्रम क्षेत्रमा ठूलो सुधारको घोषणा गरेको छ । यसले मजदुरहरुमा काम परिवर्तनको अवसर दिने छ । साथै रोजगारदाताको अनुमतिबिना निस्कासन तथा पुन: प्रवेश भिसाको सुविधा पनि पाउने गल्फ न्यूजले जनाएको छ ।

त्यहाँको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले लेवर रिफर्म इनिसिएटिभ (एलआरई)ले  कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको विकास गर्ने अपेक्षा गरेको जनाएको छ ।

मन्त्रालयले यो परिवर्तन मार्च १४ २०२१ बाट लागू हुने जनाएको छ । यो परिवर्तन सबै प्रकारका कामदारहरुमा लागू हुनेछ। साथै यस सुधारले मजदुर र रोजगारदाताको अधिकारको रक्षा गर्ने जनाएको छ ।

तीन करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा एक करोड ५ लाख बराबर विदेशी जनसंख्या रहेको छ ।

यो सँगै मजदुरले रोजगारदाताको स्वीकृति बिना काम परिवर्तन गर्न पाउने छन् । साथै रोजगारदाताको अनुमतिबिना साउदी बाहिर जान पाउने छन्। र, पुन प्रवेशाज्ञा समेत पाउने छ । आफ्नो कामको अनुबन्धन समाप्त भएसँगै रोजगारदाताको अनुमतिबिना देश छाड्न समेत कामदारले पाउने मन्त्रालयले जनाएको छ ।

यसको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराइने छ । यी सबै सेवा स्मार्ट फोन एप्लिकेसन, मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको वेबसाइटबाटसमेत प्राप्त गर्न सकिने छ ।

अनुबन्धन तोड्दा कामदारले त्यसको त्यसका असरहरुको सामाना भने आफै गर्नुपर्ने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि