बैशाख २३, २०८१, आइतबार
               

विदेशमा रहेका ३२ हजार नेपाली कोरोना संक्रमित निको भए

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

लन्डन । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित रहेका ३४ हजार ७०१ नेपालीमध्ये निको हुनेको संख्या ३२ हजार ५ सय ११ पुगेको छ । गैरआवासीय नेपाली संघ  (एनआरएनए) को स्वास्थ्य समितिका अनुसार हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

त्यसैगरी, समितिले संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाले सार्वजनिकस्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सिमित संख्या र सामाजिक दूरी कायम गर्न र उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह  गरेका छन् ।

त्यस्तै, मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा। सापकोटाले अनुरोध गरेका छन् । ’कोभिड-१९’ विरुद्ध भ्याक्सिन आगामी जनवरीभित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरेका छन् ।

कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड लगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको छ । संयोजक डा. सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण  बढेको हो ।

 


कस्तो लाग्यो ?

यो पनि