बैशाख २७, २०८१, बिहीबार
               

कोरोना संक्रमणबाट शेर्पा संघ युकेका अध्यक्षको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार दिउँसो शेर्पाको मृत्यु भएको हो ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा मृत्यु भएको हो ।

गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । 

एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । 

भूतपूर्व गोर्खा सैनिक शेर्पा तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । शेर्पाका बुबाआमा भने नेपालमै छन् ।


कस्तो लाग्यो ?

यो पनि