बैशाख २६, २०८१, बुधबार
               

चौतर्फी आलोचनापछि दुबईबाट नेपाली ल्याउन सरकारले दियो उडान अनुमति

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।

गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौँ यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।

कोरोनाका कारण महिनौँदेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरु कम्पनीबाट बिदा भएर विमानस्थल पुगेका थिए । त्यहाँ पुगेका उनीहरुको न फर्केर जाने ठाउँ नै थियो,न खानको लागि पैसा नै ।

अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका यात्रुहरुलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र सामाजिक संघसस्थाका प्रतिनिधिहरुले खान र बस्नको व्यवस्था गरेका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किएको थियो । जसको कारण नेपाल फर्किन लगेजसहित एयरपोर्ट आइसकेका दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका थिए ।


कस्तो लाग्यो ?

यो पनि