बैशाख २६, २०८१, बुधबार
               

क्राेएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

दक्षिण पूर्वी युराेपकाे क्राेएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन भएकाे छ ।

रमेश थापाकाे अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएकाे हाे । नवगठित समितिकाे उपाध्यक्षमा रामकुमार प्रधान र सुदीप सापकोटा, सचिवमा प्रदिप खडका, सहसचिवमा सन्तोष अधिकारी, काेषाध्यक्षमा सागर चाैलागाईं, सह-काेषाध्यक्षमा कृष्ण पराजुलि प्रवक्तामा रविन घर्तीमगर र वरिष्ठ सदस्यमा सुजन सापकोटा छन् ।

समाजकाे वरिष्ठ सल्लाहकारमा जीतवहादुर दहाल र सल्लाहकारहरूमा शेरवहादुर तमाङ, गाेपीकृष्ण पाण्डे र मुकुन्द घिमिरे रहेका छन् । याे समेत युराेपमा १० देशमा राप्रपा सम्वद्ध प्रवासी संगठन गठन भएका छन् । विश्वभर नेपाली बाहुल्य रहेका २६ देशमा राप्रपाकाे प्रवास संगठन विस्तार भइसकेकाे छ । राप्रपा एकीकरणपछि स्वदेश र प्रवासमा राप्रपाकाे संगठन उल्लेख रूपमा विस्तार भइरहेकाे छ ।

प्रवासमा एनआरएनए लगायत विभिन्न सामाजिक संस्थाहरूमा राप्रपा समर्थित प्रवासी संगठनकाे उल्लेख्य प्रतिनिधित्व छ । नवगठित प्रवासी नेपाली एकता समाज क्राेएसियालाई राप्रपा केन्द्रीय सदस्य बिजय खडकाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै कार्यसमितिलाई वधाई ज्ञापन गरे । त्यस्तै राप्रपा युराेप अध्यक्ष सुरेन्द्रमान अमात्यले पनि शुभकामना व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि