बैशाख २४, २०८१, सोमबार
               

भारत–पाकिस्तानको भीडन्तमा नेपाली गोर्खा सैनिकको मृत्यु

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । भारत–पाकिस्तानको भीडन्तमा नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा नेपाली गोर्खा सैनिक मारिएको जनाइएको छ । 

गुल्मीको छत्रकोट गाउँपालिका– ५ खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएको हो । उनको अन्त्येष्टि गर्नको लागि परिवारका सदस्य आज बिहानै भारतको गोरखपुर प्रस्थान गरेको पनि जनाइएको छ ।

सैनिक जवान कार्की जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए । उनी ३–५ गोरखा राइफल्समा हवल्दार पदमा रहेका थिए । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनी गम्भीर घाइते भएका थिए । केही घण्टापछि उनको मृत्यु भएको स्रोतले जनाएको छ । 

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे जानकारी गराएका छन् । ‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए’, आनन्दले भनेका छन्, ‘उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।’

भारतीय गोरखा रेजिमेन्टमा रहेका नेपालीहरू पाकिस्तान र चीनको सीमा क्षेत्रमा तैनाथ हुँदै आएका छन् । पटक–पटक भएका यस्ता भीडनतमा धेरै नेपाली गोर्खा सैनिक मारिएका छन् । भारत र पाकिस्तानबीच कम्तीमा चार पटक युद्ध भएको छ । ती सबैमा गोर्खाली सेना लडेका थिए । 

यो पनि