बैशाख २४, २०८१, सोमबार
               

आज २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल आउँदै

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल आउँने भएका छन् । अष्ट्रेलियाबाट आज नेपालीलाई पहिलो उद्धार उडान हुन लागेको हो । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट नेपाल फर्किन लागेका हुन् ।

नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उडान भर्ने जनाइएको छ । उक्त उडानमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपाली पनि रहेको बताइएको छ । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया गएका छन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेकोमा पहिलो चरणमा २५९ जनालाई नेपाल पठाउन लागेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

हवाई यात्रुहरु सबैको पीसीआर परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको पनि जनाइएको छ । त्यसैले उनीहरुलाई नेपाल आएपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टाइनमा पठाइने छ ।


कस्तो लाग्यो ?

यो पनि