बैशाख २४, २०८१, सोमबार
               

कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ । श्रम मन्त्रालयका अनुसार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् ।

कुवेतमा आममाफी पाएका १ सय ५० जना, ओमानबाट १ सय ८० र मलेसियाबाट पनि केही नेपाली आउन लागेका हुन् ।

कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाडाैं आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट  हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन् ।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार १ सय ४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि