बैशाख २४, २०८१, सोमबार
               

अमेरिकाका नेपालीलाई स्वदेश फर्काउन ४ वटा उडान तय

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

कोरोनाका कारण अमेरिकामा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन ४ वटा उडान तय गरिएको छ । अमेरिकास्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने जनाएको छ । 

उनीहरुलाई असार ९ र ११ गते २/२ उडानमार्फत नेपाल फर्काउन लागिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । असार ९ गते न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङ्टन डिसीबाट कतार एयरवेजले उडान भर्ने दूतावासले जनाएको छ । 

दोस्रो चरणमा १३ गतेको उडान सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले उडान भर्नेछन् । सो चार्टर उडानका लागि टर्किस एयरलाइन्सले १५ सय ३७ डलर अर्थात् १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ (आजको विनिमय दर अनुसार ) भाडा तोकेको छ । 

कतार एयरवेजले १६ सय डलर अर्थात् १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा ताेकेकव छ ।


कस्तो लाग्यो ?

यो पनि