बैशाख २५, २०८१, मंगलबार
               

अष्ट्रेलियन रकडेल ब्वाइजद्वारा विपन्न परिवारलाई सहयोग

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

पोखरा । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल पनि अछुतो छैन । यसैका कारण करिब तीन महिनादेखि लकडाउन जारी छ । लकडाउन सुरु भएसँगै मजदुरी गरेर खाने तथा विपन्न परिवारहरू निकै समस्यामा परेका छन् ।

यस्तै, समस्यामा परेका विपन्न परिवारलाई अष्ट्रेलियामा सक्रिय अष्ट्रेलियन रकडेल ब्वाइजले पोखरामा सहयोग गरेको छ । रकडेल ब्वाइजले कास्कीको पोखरा महानगरपालिका वडा नं. २७, ३० र ३३ का विपन्न घर परिवारलाई राहत वितरण गरेको हो ।

युवा समाजसेवी किरण बरालको पहलमा ४० हजार रुपैयाँबराबरको उक्त सहयोग दिवश शर्मामार्फत वितरण थियो । पोखरा–२७ को अर्चले र अर्घौंचोक, ३० को खुदी र ३३ को बाघमारा क्षेत्रमा स्थानीय वडा कार्यालयसँग समन्वय गरेर राहत वितरण गरिएको पहलकर्ता एवं युवा समाजसेवी किरण बरालले जानकारी दिए ।

सहयोग सामग्रीमा खाद्यान्न रहेको छ । कार्यक्रममा वडा नं. २७ का वडासदस्य प्रेम बराल, समाजसेवी राजेन्द्रमणि लामिछाने, पत्रकार सन्दीप पौडेल, राइजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङ लगायत सहभागी थिए ।

अष्ट्रेलियन रकडेल ब्वाइज र यसमा आबद्ध युवाहरू अष्ट्रेलियास्थित नेपालीहरूका लागि विभिन्न सामाजिक कार्यमा निकै सक्रिय रहँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि