बैशाख २६, २०८१, बुधबार
               

नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहजीकरण गर्ने

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन  गैरआवासीय नेपाली संघ  (एनआरएनए)ले सरकारलाई सघाउने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको  निर्णय गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

 गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘ यदि, विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले पहल थाल्ने हो भने त्यसलाई एनआरएनएले सहजीकरण गर्ने वातावरण मिलाउनेछ ।

भारतमा रहेका नेपालीलाई भने सरकारले नै स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि