बैशाख २७, २०८१, बिहीबार
               

प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध

रासस
बैशाख २१, २०७७

ADVERTISEMENT

लिस्बन । खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो ।

युरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालीम दिँदै खोपकेका सम्पादक शिव गाउँलेले वैदेशिक रोजगारीबाट धेरै नेपाली युवाले भोग्नुपरेको पीडालाई बाहिर ल्याउनुपर्नेमा जोड दिए । 

खोपकेका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्माले  प्रवासी नेपालीको पीडालाई ध्यान दिई विषयको उठान गर्न सुझाव दिइन् । तालीममा खोज पत्रकारिताको महत्व, तरिका, विषवस्तुको छनोट र सुरक्षित पत्रकारिताका बारेमा जानकारी गराइएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि