बैशाख २७, २०८१, बिहीबार
               

अबुधावीका पीडितलाई समाजको सहयोग

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रवासी नेपाली एकता समाज युएइले कोरोना संक्रमण र यसबाट उत्पन्न परिस्थितबाट समस्या झेलिरहेका चार जना नेपालीलाई सहयोग गरेको छ ।

समाजले सोमबार ती पीडितहरूलाई खाद्य सामग्री उपलब्ध गराएको हो । समाजका वरिष्ठ सल्लाहकार विश्वदेव शाह र सदस्य कपिलदेव सुवेदीले सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग पाएका नेपालीहरूमा उदयपुरका अनिल तामाङ र सविन तामाङ, सप्तरीका रामनाथ यादव तथा नवलपरासीका गोपालप्रसाद बाँनिया छन् ।

प्रवासी नेपाली एकता समाज युएईले उनीहरूलाई चामल, दाल, आलु, प्याज, खानेतेल, चिनी, सावुनलगायत अत्यावश्यक बस्तु उपलब्ध गराएको सल्लाहकार शाहले जानकारी दिए ।

कोरोनाका कारण कम्पनीमा काम नभएपछि उनीहरूले राजीनामा दिएका थिए । त्यसपछि नेपाल फर्कने तयारीमा गर्दागर्दै लकडाउन तथा हवाइसेवा बन्द भए पछि अलपत्र जस्तै परेका थिए । भएको पैसा सकिएपछि उनीहरूलाई खानाको समस्या झेलिरहेका थिए ।


कस्तो लाग्यो ?

यो पनि