बैशाख २७, २०८१, बिहीबार
               

बेलायतमा कोरोनासँग लड्दैछिन् सिस्टर उमा प्रधान

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

लण्डन । बेलायतमा कोरोना संक्रमण भएपछि विगत २३ दिनदेखि सघन उपचारकक्षमा रहेकी नर्स (सिस्टर) उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ।

उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा कार्यरत एक भन्दा बढी सहकर्मीले उमालाई सामान्य शय्यामा सार्दा ताली बजाएर खुसी व्यक्त गरेका थिए।

उमाले अप्ठ्यारो अवस्थमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्। ‘म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन। उहाँहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाउनुभयो,’ उनले भनिन्, ‘म अझै अस्पतालमै छु। विस्तारै विस्तारै ठीक हुँदैछु।’

सघन उपचार कक्षका प्रमुख केट् मुरेले सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई ठिक पार्न सकिएको बताए। ‘उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नु पर्यो, यसबाटै बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ,’ मुरेले भने।

उमाको उपचार गौरवको एउटा अंश भएको उनले बताएश्र ‘यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण छ। हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ,’ उनले भने।

आइतबार मात्रै कोरोना संक्रमित एक नेपाली जोडी पनि बेलाइतमै स्वास्थ भई घर फर्केका छन्। 


कस्तो लाग्यो ?

यो पनि