बैशाख १६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट विदेशमा १४ नेपालीको मृत्यु, कति छन् संक्रमित ?

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ। 

यस्तै कोरोना संक्रमणबाट करिब ७ सय गैरआवासीय नेपाली संक्रमित भएको बताइएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट बेलायत, अमेरिका, साउदी अरबमा गरी १४ नेपालीको मृत्यु भएको हो ।

जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो।

एनआएरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसका कारण विभिन्न देशमा मृत्यु भएका नेपालीको तथ्यांक संकलन गरेको हो।

अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने बेलायतमा  सयभन्दा बढी नेपाली संक्रमित भएका छन् ।

यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

अन्य देशमा पनि विवरण संकलन भइरहेको  एनआरएनले जनाएको छ। 

हेल्पलाइन सेवा

यसैबीच एनआरएनएले आइतबरदेखि हेल्पलाइन सेवा सुरु गरेको छ । 

कोरोना भाइरस  संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले सामना गरेको समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन सञ्चालन सुरु गरिएको हो । 

संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सो सञ्चालन हुने एनआरएन अध्यक्ष कुमार पन्तले जानकारी दिए  । 

कोरोना महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले  हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । 

त्यसका लागि ‌बिहान ६ देखि दिउँसो २ बजेसम्म ९८४१२८०००५ नम्बर, दिउँसो २ बजेदेखि राति १० बजे सम्म ९८०८३१२५५५ नम्बर र राति १० बजेदेखि बिहान ६ बजेसम्म ९८२३४५८२०४ मा फोन गर्न सकिनेछन् । 

यस्तै एनआरएनएको फेसबुक पेज र इमलेमार्फत पनि समस्या राख्न सकिने छ ।


कस्तो लाग्यो ?

यो पनि