बैशाख ३०, २०८१, आइतबार
               

स्पेन र युएईमा ६ जना नेपालीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

युएईको स्वास्थ्य मन्त्रालयले ७२ जनामा कोरोना संक्रमण देखिएको शुक्रबार पुष्टि गरेको छ। तीमध्ये २ जना नेपाली रहेका हन् ।

खबर अनुसार, दुई जना नेपालीसहित ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

श्रीलंका, जोर्डन, प्यालेष्टाइन, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्बीया, ग्रीस,उरुग्वे, रोमानिया, स्विेडन, दक्षिणअफ्रिका, इराक, यमन, इथियोपिया, बेलायत, पाकिस्तान, लेबनन, भारत, बंगलादेश लगायत देशका ७२ जनामा कोरोना संक्रमण भएको बताइएको छ।  

मन्त्रालयले संक्रमित सबै बिरामीको अस्पतालमा उपचार भइरहको जनाएको छ। सबैको अवस्था  सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

स्पेनमा चार नेपाली संक्रमित  

युरोपेली देश स्पेनमा चार नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ। 

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार नेपालीमा कोरोना पोजेटिभ देखिएको हो। उनीहरुको अहिले उपचार भइरहेको छ। 

बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक नेपालीको सान्पाओ अस्पतालमा उपाचार हुँदैछ। अन्य तीनजना हस्पितालेद क्षेत्रका हुन्। उनीहरु स्थानीय अस्पतालमा भर्ना भएका छन्। 

संक्रमित नेपालीहरुको विवरण खुलाइएको छैन। चारैजना संक्रमित पुरुष हुन्। 

अवस्था सामान्य भएपनि उनीहरु सबैलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ। 

स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको जानकारी दूतावासलाई आएको बताएकी छन्। 


कस्तो लाग्यो ?

यो पनि