बैशाख ३०, २०८१, आइतबार
               

एनआरएन कोरियाले २ हजार किट्स उपलब्ध गराउने

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ ।

योजना अनुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।

जसका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि ४० लाख लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरे । 

उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । बिहीबार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्‍याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए ।

दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् ।


कस्तो लाग्यो ?

यो पनि