बैशाख ३०, २०८१, आइतबार
               

अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौं । अमेरिकामाको न्यूयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएका दुई जना नेपालीको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।

न्यूयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४६ वर्षीय  व्यक्ति ज्वरो आएपछि उपचारको लागि अस्पताल गएका थिए । उनलाई एन्टिबायोटि औषधि दिएर अस्पतालले निरन्तर फलोअपमा बोलाएको थियो । चार दिनपछि स्वास्थ्य झनै खराब भयो 

त्यसपछि उनको स्वास्थ्य जाँच गर्दा अक्सिजनको मात्रा कम भएको र निमोनियाको संक्रमण देखिएपछि उनलाई एल्महर्स्ट अस्पताल भर्ना गरिएको हो। 

उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । परिवारिक स्रोतका अनुसार उनले यसअघि प्रेसरको औषधी खाने गरेका थिए ।

यसैबीच, न्यूयोर्कमा बस्दै आएका ५० वर्षीय अर्का नेपालीमा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । एक साताअघि ज्वरो आएपछि उनी अस्पताल पुगेका थिए ।

स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी मधुमेहका रोगी थिए ।


कस्तो लाग्यो ?

यो पनि