बैशाख २९, २०८१, शनिबार
               

बहराइनमा तीनजना नेपालीलाई कोरोना सङक्रमण

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जनाएका छन् । उनका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत सुन्दारले आग्रह गर्नुभयाे ।

अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने एक जनाको ज्यान गइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि