बैशाख ३०, २०८१, आइतबार
               

क्रोएसियामा ५.३ म्याग्निच्युडको भूकम्प

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडाैं। पूर्वीयुरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनह भत्किनुका साथै विद्युतका पोलहमा क्षति पुगेको छ । 

युरोपेली भूगर्भ केन्द्र (सिसेम) का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र त्रसित राजधानीबासीहरु दौडिएर सडकमा भेला भएका थिए । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट  सात किलोमिटरमुनि मात्र रहेको थियो । 

सिसेमले एक घन्टापछि पुनः  पाँच म्याग्निच्युडको पराकम्प गएको जनाएको छ । तर , मानविय क्षतिबारे विवरण प्राप्त भइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि