बैशाख २९, २०८१, शनिबार
               

कोरोना संक्रमणका कारण भूपू गोर्खा सैनिकको मृत्यु

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

लण्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । 

लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको हो ।

नर्थविकपार्क हस्पिटलमा गत मंगलबार कोरोना भाइरसका कारण उनको मृत्यु भएको हो ।

कोलेस्ट्रोल, घुँडा सुन्निने जस्ता रोगबाट ग्रसित राईको दुई दशक अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

करिब तीन हप्ता हस्पिटल बसेर कोरोनाको महामारीका कारण डिस्चार्ज गरिएका राई पछिल्लो समय रुघा, खोकी र निमोनियाबाट ग्रसित थिए । 

सेकेन्ड गोर्खा राइफल्समा १७ वर्ष सेवा गरेका  सुनसरी इटहरीका राई श्रीमती र छोराबुहारीका साथ बेलायतमा बस्दै आएका थिए ।

संखुवासभा समाज यूकेका अध्यक्ष नैनसिंह गुरुङका अनुसार, मृतक राईका परिवारलाई अहिले ‘आइसोलेशन’मा राखिएको र उनीहरुसँग भेटघाट गर्न रोक लगाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि