बैशाख ३०, २०८१, आइतबार
               

पोर्चुगलमा कार्यरत नेपालीमा कोरोनाभाइरस संक्रमण

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

टाइम २४ डट न्युजका अनुसार पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण भएको हो ।

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान  गोप्य राखेको छ ।

सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको बताइएको छ ।

प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो । 

यसअघि अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि