बैशाख २९, २०८१, शनिबार
               

बहराइनमा कोरोनाको त्रासः सुरक्षित छन् त नेपाली ?

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनमा कुनै नेपाली नागरिकमा कोरोना संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत रहेको तथ्यांक छ । तर, हालसम्म कुनै नेपालीलाई कोरोना भाइरस संक्रमण नभएको राजदूत पदम सुन्दासले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बहराइनमा ३८ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । 

देशभरी ७० जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको आशंका गरिए पनि स्वास्थ्य परीक्षण गर्दा सबैमा पुष्टि नभएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरानाको आंशका गरिएका २० भन्दा बढीलाई  विमानस्थल नजिकैको एक अस्पतालमा क्वारेन्टाइनका लागि राखिएको छ ।

संक्रमण फैलिन नदिन युनाइटेड अरव इमिरेट्सको आबुधावी, इराक र लेवनानबाट हुने हवाइ आवत–जावत तत्कालका लागि बन्द गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि