बैशाख २५, २०८१, मंगलबार
               

कुवेतमा ६ नेपालीको मृत्यु: दुई जना घाइते, चारको सनाखत

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । कुवेतमा ६ जना नेपाली कामदारको मृत्यु भएको छ । बालुवाले पुरिएर उनीहरुको मृत्यु भएको हो । घटनामा अन्य दुई नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

मृतक दुई जनाको भने नाम, ठेगाना सार्वजनिक भइसकेको छैन।

घाइते हुनेहरुमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल रहेका छन् । शाहको जाहारा अस्पतालमा उपचार भइरहेको छ । मण्डल भने उपचारपछि कम्पनीमा फर्किइसकेको दूतावासले जानकारी दिएको छ ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा काम गर्दै आएका नेपाली कामदारको मृत्यु भएको हो।

नेपाली कामदारहरु त्यहाँको युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा काम गर्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि