बैशाख २५, २०८१, मंगलबार
               

'मुलुकको समृद्धिको लागि प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण'

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खड्काले मुलुकको विकास र समृद्धिमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रवास विभागले आयोजना गरेको सम्मान कार्यक्रममा खड्काले मुलुकको राष्ट्रियता, धर्म, संस्कृतिमा आक्रमण भइरहेको भन्दै त्यसको रक्षाको लागि संसारभर रहेका नेपालीले खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपा ट्रेड युनियनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले प्रवासमा रहेका नेपाली समुदायसँग नेपालका हरेक श्रमजीवी वर्ग जोडिन चाहेको बताए ।

कार्यक्रममा प्रवास युरोप महासचिव विक्रम बानियाँ, बेल्जियमका उपाध्यक्ष महेन्द्र पन्त, राप्रपा युवा नेतृ सन्तोषी शाहीलगायतलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा राप्रपाको जेठ २५ मा हुन गइरहेको महाधिवेशनका लागि प्रवासमा सक्रिय सदस्यता अभियान चलाउने, प्रवासमा भएका गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने, प्रवास आकस्मिक कोष खडा गर्नेलगायतका निर्णय गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि