बैशाख २६, २०८१, बुधबार
               

कुवेतमा चार नेपालीको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । कुवेतमा चार नेपाली कामदारको मृत्यु भएको छ ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा काम गर्दै आएका नेपाली कामदारको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम अरबटाइम्सले उल्लेख गरेको छ ।

चिनियाँ कम्पनीमा आवद्ध नेपाली कामदार निर्माण क्षेत्रमा काम गर्दै गर्दा उनीहरुमाथि बालुवा र ग्राभेल खस्दा (पुरिएर) मृत्यु भएको हो । 

खबरअनुसार त्यहाँ अन्य तीन जना कामदार हराइरहेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

घटनास्थलमा सात जनाको उद्धार गरिएमा चारजनाको मृत्यु भएको  बताइएको छ । 

घाइतेलाई जहरा अस्पताल लगिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि