बैशाख २५, २०८१, मंगलबार
               

एमसीसी संसदबाट अनुमोदन गर्न पानसको माग

नेपाल फ्ल्यास
माघ ०९, २०७६

ADVERTISEMENT

प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले नेपालका लागि आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट तत्काल अनुमोदन गर्न माग गरेको छ ।

पानसका अध्यक्ष राजेन्द्र शेरचनले विज्ञप्ति प्रकाशित गरी एमसीसी सम्झौतालाई ढिलो नगरी सार्वभौम सं‌सदबाट अनुमोदन गरेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका हुन् ।

पानसले एमसीसीमार्फत अमेरिकाले नेपाललाई करिव ५५ अर्ब रुपैयाँ निसर्त सहयोग गर्न लागेकोमा त्यसको स्वागत गर्दै यसविरुद्ध भइरहको प्रचारवाजी र भ्रमप्रति असहमित जनाएको छ ।

विकसित राष्ट्रका इन्ट्रेष्टहरू हुन सक्ने भन्दै त्यसप्रति चनाखो हुँदै राष्ट्र निर्माणमा आएको सहयोगको सदुपयोग गर्न पानसले माग गरेको छ ।

विश्वका ४५ वटा मुलुकमा एमसीसी सफल कार्यान्वयनको चरणमा रहेको जनाउँदै अध्यक्ष शेरचनको विज्ञप्तिमा यसमा शंका र भ्रम नपार्न आग्रह गरिएको छ ।

पानसले एमसीसी कार्यान्वयन भएका देशहरूको आर्थिक परिसूचक राम्रो बनेको उल्लेख गर्दै नेपालमा पनि प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेको छ ।

राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको पानस अमेरिकामा क्रियाशील छ । 


कस्तो लाग्यो ?

यो पनि