बैशाख २५, २०८१, मंगलबार
               

मृत्युको मुखबाट बचेर नेपाल फर्किए उमेश

नेपाल फ्ल्यास
माघ ०८, २०७६

ADVERTISEMENT

काठमाडौँ । हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेल सजाय भोगका धनुषाका उमेश यादव बुधबार नेपाल फर्किएका छन् । 

पाकिस्तानी नागरिकको हत्या अभियोगमा जेल परेका सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले नयाँ जीवन पाएका हुन् । नेपाल फर्केका उमेशले सरोज रायले आफूलाई नयाँ जीवन दिएको बताए ।

पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या अभियोगमा अदालतले १५ अप्रिल २०१८ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।

धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश सन् २००६ मा वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेका थिए । 

मृत्युदण्डको सजाय सुनाएलगत्तै जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल गरेका थिए । 

अभियन्ता रायले दुई वर्षदेखि ‘ब्लडमनी’को लागि चन्दा संकलन सुरु गरेका थिए । उनले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासको सहयोगमा पाकिस्तानस्थित मृतकको घरमा पुगेर उमेशको जीवनरक्षाको निम्ति पहल गरेका थिए । मृतकका परिवार सकारात्मक भएपछि अभियन्ता राय ‘ब्लडमनी’को बन्दोबस्तीमा पहल गरेका थिए । 

उनकै पहलमा चन्दा संकलन गरी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ दिएपछि उमेश जेलबाट रिहा भएका हुन् ।

उमेशलाई स्वागत गर्न अभियन्ता राय त्रिभुवन विमानस्थलमा स्वागत पुगेका थिए । उमेशले पनि आफूलाई जीवनरक्षा गरिदिएकोमा अयिभन्ता राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि