बैशाख २६, २०८१, बुधबार
               

यसरी मनाइयो आयरल्यान्डमा पृथ्वी जयन्ती

नेपाल फ्ल्यास
पुस २८, २०७६

ADVERTISEMENT

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर आयरल्यान्डको ‘संयुक्त पूल पर्तिस्पर्धा’ गरियो ।

आयरल्यान्डको कोर्क शहर स्थित ‘द मर्डेक इन्टरटैन्मेण्ट कम्प्लेसमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रवासी नेपाल एकता समाज आयरल्यान्डका अध्यक्ष कृष्ण जिसीको सभापतित्व एवं गैरआवासी नेपाली संघ युरोपका उपसंयोजक शुक्रराज न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको विशिष्ट अथितिको कोर्क नेपाल समाजका अध्यक्ष लोकनाथ त्रिपाठी रहेका थिए ।

प्रमुख अथिति शुक्रराज न्यौपानेले बृहद नेपाल निर्माणमा पृथ्वीनारायण शाहले योगदान पुर्‍याएकै कारण अहिले नेपाल र नेपाली हुन पाएकोमा गौरवान्वित भएको बताए ।

विदेशमा रहेर पनि मातृभूमि देशको निर्माणकर्ताप्रति सम्मान अर्पण गर्न पाएकोमा समाजका अध्यक्ष जिसीले खुसी व्यक्त गरेका थिए ।

आयरल्यान्डस्थित नेपाली समुदायबीच एकता र भाइचारा विकसित गर्ने उदेश्यले पूल पर्तिस्पर्धा आयोजना गरिएको समाजले जनाएको छ ।
 
कार्यक्रममा आयरल्यान्डका विभिन्न शहरबाट नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त प्रतिस्पर्धामा विवेक रिमाल पहिलो भए भने दोस्रो स्थानमा भिम खत्रीले विजयी बने । निकै रोचक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै लगनशील खेलाडी धरमले तेस्रो स्थान हासिल गरेका थिए ।

विजयी खेलाडीहरुलाई नगद, शिल्ड र प्रमाणपत्र दिइएको थियो ।

कार्यक्रममा आयल्याण्डस्थित समाजसेवी व्यक्तित्वहरु रुपेश रेग्मी, गोपाल शर्मा, विवेक पहारी, देवेन्द्र अधिकारी, चमन राणा, राज न्यौपाने, जोनस जोशी, समिर थापा, पुन्य न्यौपाने, राम गुरुङ, श्रीकृष्ण भण्डारी, टेक पुन, राजकुमार गुरुङ, सुनिता न्यौपाने, भागीरथी त्रिपाठी लगायतको सक्रिय सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि