बैशाख २५, २०८१, मंगलबार
               

अष्ट्रेलियाका शहर-शहरमा मनाइँदै पृथ्वी जयन्ती

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

राष्ट्रनिर्माताप्रति सम्मान गर्न नेपाल सरकार चुकिरहँदा विदेशमा रहेका नेपालीहरूले भने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाउने तयारी गरिरहेका छन् ।

यसक्रममा अष्ट्रेलियामा पनि भब्य तयारी भइरहेको छ । नेपालमा राप्रपालगायत राजावादी संघ संस्थाले २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपले मनाउन लाग्दा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले पनि त्यसको तयारी गरेको छ ।

राप्रपा प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खड्काका अनुसार अष्ट्रेलियाका मुख्य शहरमा एनआरएनए तथा अष्ट्रेलियामा रहेका समाजका प्रवुद्ध वर्गसमेत सहभागी हुने जानकारी दिए ।

सो कार्यक्रम सिडनीमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले नेतृत्व गर्नेछन् । सिडनीमा भव्य रुपमा पृथ्वी जयन्ती मनाउन लागिएको राप्रपा सिडनीका अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिए ।

त्यस्तै अर्को नेपालीहरूको बाक्लो बसोबास रहेको मेलवर्न शहरमा राप्रपाको विद्यार्थी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले संयोजन गर्नेछन । त्यहाँको कार्यक्रममा महावाणिज्यदूतलगायत नेपाली समुदायको विभित्र क्षेत्रका विशिष्ट व्यक्तिको सहभागी रहने उनले बताए ।

अर्को सहर एडिलेटमा हुने कार्यक्रमको संयोजन नेपाली वैज्ञानिक एवं लोकप्रिय संगितकर्मी समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार डा. रामकृष्ण निरौलाले गर्ने छन् ।

त्यस्तै नेपालीको उल्लेखनीय उपस्थिति रहेको अर्को शहरमा गरिने कार्यक्रमको संयोजन व्रिसवेनमा प्रवासी नेपाली अष्ट्रेलियाका महासचिव युवा नेता मिलन आचार्य र सचिन पाण्डेले गर्दै छन् ।

अष्ट्रेलियाका अन्य शहरहरूमा समेत राप्रपा समर्थित राष्ट्रवादी नेपालीले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने प्रवास विभाग प्रमुख खड्काले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि