बैशाख २६, २०८१, बुधबार
               

युद्धको त्रासले इराकबाट फर्किन थाले नेपाली कामदार

नेपाल फ्ल्यास
पुस २२, २०७६

ADVERTISEMENT

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ-आफ्नो देश फर्काउन थालिएको छ।

उक्त क्याम्पमा सुरक्षाका हिसावले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका छ।
आइतबार र सोमबार फर्काइएको टोलीमा सात नेपाली छन्।

आजको कान्तिपुर दैनिकका अनुसार बग्दादस्थित नेपाली दूताबासले इराकमा कार्यरत नेपालीसँग घर फर्कनको लागि सम्पर्क बढाइरहेको जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि