बैशाख २६, २०८१, बुधबार
               

राष्ट्रिय एकता दिवस विश्वभर मनाउँदै राप्रपा

नेपाल फ्ल्यास
पुस २१, २०७६

ADVERTISEMENT

काठमाडौं । राप्रपाले विश्वभर रहेका प्रवास संगठनमार्फत २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

नेपालमा पुस २६,२७ र २८ तीन दिनसम्म भव्यताका साथ दिवस मनाउने तयारी राप्रपाले गरेको छ । प्रवासमा पनि प्रवचन, चियापान, खेलकुदलगायतका कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइने प्रवास विभाग प्रमुख एवं केन्द्रीय सदस्य विजय खड्काले जानकारी दिए ।

उनले प्रवासका कार्यक्रमहरूमा राजदूत, महावाणिज्य दूत, एनआारएनएका पदाधिकारी, उच्च सामाजिक व्यक्तित्वका साथ‌ै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिने बताए।

राष्ट्र निर्माताको उच्च सम्मानका साथ जन्म जयन्ती मनाउने सिलसिलामा राप्रपाले सरकारसँग सार्वजनिक विदासमेत माग गरेको छ ।

अमेरिकामा प्रवासी नेपाली एकता समाजले न्युयोर्कमा पृथ्वी जयन्ती मनाउने अध्यक्ष राजेन्द्र शेरचनले जानकारी दिएका छन् । उक्त कार्यक्रमको संयोजन न्युयोर्क समिति र महासचिव नवराज खड्काले गर्ने छन् । 

राप्रपाको उल्लेख्य उपस्थिति रहेको युएईको दुवईमा एक भव्य कार्यक्रम आयोजना गरिने प्रवासी नेपाली एकता समाज दुवईका अध्यक्ष शशि सिलवालले जानकारी दिए । वरिष्ठ सल्लाहकार विश्वदेव शाहलगायतका कार्य समितिले कार्यक्रमको संयोजन गर्नेछ । 
युएईलगायत कुवेत, ओमान, कतार, साउदी अरेवियासमेतमा कार्यक्रम गरिने राप्रपा प्रवास मध्यपुर्व संयोजक तोयानाथ लम्सालले बताए ।

त्यस्तै विभिन्न संघ संस्था संगको सहकार्यमा अष्ट्रेलिया, क्यानाडा, वेलायत, स्कटल्याण्डमा पनि पृथ्वी जयन्ती भव्यरूपमा मनाइने छ । 

आयरलैण्डमा मैत्रिपूर्ण खेलकुद गर्न लागिएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष कृष्ण जिसीले बताए। 

त्यस्तै वेल्जियमा समाजका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन लागिएको अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिएका छन् । उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष महेन्द्र पन्तलगायत कार्यसमितिले गर्नेछ ।

त्यस्तै जर्मनीको ह्यम्वर्गमा अध्यक्ष विजय शाहीको नेतृत्वमा भव्यताका साथ पृथ्वी जयन्ती मनाउन लागिएको प्रवक्ता अर्जुन ओलीले जानकारी दिए । 

युरोपको नेदरल्यान्डलगायत अन्य सहरहरूमा समेत कार्यक्रमको आयोजना गरिने छ ।

त्यस्तै विगत वर्षहरूमा समेत भव्य कार्यक्रम आयोजना गरिएको  हङकङमा यो वर्ष पनि उत्साहका साथ पृथ्वी जयन्ती मनाइने हङकङका अध्यक्ष ईश्वर विक्रम शाहले जानकारी दिए ।

मलेसियामा अध्यक्ष योगेन्द्र कुँवर, जापानमा सहसंरक्षक रघुदीप खडका, कोरियामा अध्यक्ष रविन हुँमागाईको नेतृत्वमा पृथ्वी जयन्ती मनाइने राप्रपा प्रवास विभागले जानकारी दिएको छ । 

त्यस्तै भर्खरै संगठन विस्तार गरिएको दिल्लीमा प्रवासी नेपाली एकता समाजले भव्यताका साथ कार्यक्रम गर्ने प्रवक्ता सिवी क्षेत्रीले जानकारी दिएका छन् । 

भारतको मुम्बईलगायत नेपाली वाहुल्य क्षेत्रमा समेत पृथ्वी जयन्ती मनाउन लागिएको मुम्बईस्थित राप्रपाका प्रवासी नेता मोतिलाल न्यौपानेले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि