बैशाख २५, २०८१, मंगलबार
               

प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा शेरचन चयन

नेपाल फ्ल्यास
मंसिर १६, २०७६

ADVERTISEMENT

काठमाडौं । राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा राजेन्द्र शेरचन चयन भएका छन् ।

अमेरिकाको बाल्टिमोरमा भएको सम्मेलनले शेरचनलाई अध्यक्षमा चुनेको हो । सम्मेलनले उपाध्यक्षहरू दिपु भुषाल, नरेन्द्र शाह, राधा शर्मा, महासचिव नवराज खडका, सचिव नरेन्द्र रावल तथा कोषाध्यक्षमा रामशरण श्रेष्ठलाई छानेको छ ।

सम्मेलनको उद्घाटन राप्रपाका अध्यक्ष कमल थापाले गरेका थिए । सम्मेलनलाई अमेरिकास्थित महामहिम महावाणिज्यदूत प्रेमराजा महत, सांसद ह्यारी भण्डारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रविना थापालगायतले शुभकामना दिएका थिए । त्यस्तै अधिवेशनलाई राप्रपाका प्रवासी नेताहरू सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ, प्रेम चाैलागाई तथा प्रवास अमेरिका अध्यक्ष लाेकनाथ तिवारीले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा राप्रपा उपाध्यक्ष थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकास गरेको भन्दै समाजलाई धन्यवाद दिएका थिए । उनले नेपाली राष्ट्रियता संकटमा परेको भन्दै राष्ट्रिय एकता र पहिचानका लागि हस्तक्षेपकारी भूमिका निभाउन अपिल गरेका थिए ।

थापाले राप्रपाले लिएको बाटो कठीन तर संभव भएको बताए । उनले भने ‘हाम्रो बाटो सजिलो छैन । कठीन छ तर नेपालको भविष्य सुरक्षित गर्न राप्रपाको मार्ग उपयुक्त छ ।’


कस्तो लाग्यो ?

यो पनि