बैशाख २५, २०८१, मंगलबार
               

राप्रपा प्रवासले विश्वभर राष्ट्रिय एकता दिवस मनाउने

नेपाल फ्ल्यास
पुस ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय प्रवास विभागले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विश्वभर मनाउने भएको छ।

प्रवास विभागको बुधबार काठमाडौंमा बसेको बैठकले विश्वभर रहेका आफ्ना संगठनमार्फत एकता दिवस मनाउने निर्णय गरेको हो ।

विश्वका २५ देशमा राप्रपा प्रवास विभागसँग आवद्ध रहेको प्रवासी नेपाली एकता समाज क्रियाशील छ । बैठकले विश्वभर रहेका हिन्दुवादी र राजसंस्थावादी नेपालीहरूलाई एकता दिवस भव्यरुपमा मनाउन अपिल गरेको छ।

बैठकमा प्रवास विभाग प्रमुख विजय खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समावेस गरी नेपालको नक्सामा अबिलम्ब सार्वजनिक गर्न मागसमेत गरेका छन्। उनले भारतीय सेना कालापानीबाट तत्काल हट्नुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष खड्काले राप्रपालाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न गत महाधिवेशनको म्याण्डेड अनुसार पार्टी एकता गरी सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी शक्तिलाई एकतावद्ध बनाउनु जोड दिए।

त्यस अवसरमा वेल्जियममा भएको इन्टरनेशनल योङ्ग डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित प्रवास विभागका सदस्य तथा युवा संगठन सचिव हिक्मतजंग कार्कीलाई सम्मान गरिएको थियो। 

वैठकले प्रवासी नेपाली एकता समाजको अधिवेशन सम्पन्न गर्न वाँकी मुलुकहरूमा यथाशिघ्र अधिवेशन गर्ने निर्णय गरेको छ।

बैठकले प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा निर्वाचित भएकोमा राजेन्द्र शेरचनसहित सिंगो टिमलाई वधाई एवं कार्यकालको शुभकामना व्यक्त गरेको छ।


कस्तो लाग्यो ?

यो पनि