बैशाख २६, २०८१, बुधबार
               

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विदाको माग

नेपाल फ्ल्यास
पुस ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रवासी नेपाली एकता समाज युएईले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदाको माग गरेको छ ।

आबुधावीस्थित राजदूतको कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै समाजले त्यस्तो माग गरेको हो ।

समाजले राष्ट्र निर्मातालाई सम्मान गर्न लागि सार्वजनिक विदा दिँदै राष्ट्रिय पर्वको रूपमा मनाउनसमेत माग गरेको छ । 

ज्ञापनपत्र राजदूतमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको हो ।

राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रवास युएईका अध्यक्ष शशि सिलवालको नेतृत्वमा गएको टोलीले यस्तो माग गरेको हो । ज्ञापनपत्र बुझाउन गएको टोलीमा राप्रपा प्रवास मध्यपुर्व ईन्चार्ज तोयानाथ लम्साल, वरिष्ठ सल्लाहकार विश्वदेव शाह, सल्लाहकार शंकर श्रेष्ठ, उपाध्यक्षद्वय मनोज जैसवाल, किशोर केसी, कोषाध्यक्ष नारायण पोखरेल, महिला नेतृ चिना कोइराला, युएई महिला अध्यक्ष शर्मिला थपलियालगायतका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि