बैशाख २५, २०८१, मंगलबार
               

न्यूजिल्यान्डमा ज्वालामुखी विष्फोटः पाँचको मृत्यु (अपडेट)

एजेन्सी
मंसिर २३, २०७६

ADVERTISEMENT

क्राइस्टचर्चः न्यूजिल्यान्डको उत्तरपूर्वी भागमा भएको एउटा ज्वालामुखी विस्फोटमा  ५ जनाको मृत्यु भएको भने दजर्नाैं ङाइते भएका छन् । केही सम्पर्कविहीन भएको बताइएको छ । उद्धारकर्मीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

न्यूजिल्यान्डको उत्तरपूर्वको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो । प्राप्त जानकारी अनुसार अधिकांश घाइतेको शरीर जलेको छ ।

सो विस्फोट विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ। प्रहरीका अनुसार २३ जनालाई उद्धार गरिएइको छ। हताहत हुने व्यक्तिको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

अहिले सो स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । घाइतेहरूको शरीर पोलेको छ।

न्यूजिल्यान्डको क्रूज संघका अनुसार सो जिष्फोटबाट एउटा पर्यटक बोकेको डुङ्गा पनि क्षतिग्रस्त भएको छ । उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित गरिएको छन् ।

विस्फोट भएको समयमा ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ । सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन् । उद्धार निकायले वरपरको क्षेत्र जोखिममा रहेको जनाएको छ।

माछा मार्ने व्यवसायमा संलग्न एक स्थानीयवासीले विस्फोटपछि सो क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको बताए ।

विस्फोट हुनुभन्दा केही क्षण अगाडि ह्वाईट आईलयान्डको क्रेटरको घेरा छेउछाउमा पर्यटकहरू घुमिरहेको देखिन्थ्यो । सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय गन्तव्य हो । त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन् ।

ज्वालामुखी प्रभावित क्षेत्रको प्रत्यक्ष भिडियोमा सो क्षेत्रमा पर्यटकहरूको समूह घुमघाममा व्यस्त रहेको र एक्कासि विस्फोट भएपछि अन्धकार भएको देखिएको छ ।

विस्फोटको समयमा झन्डै ५० जना रहेको प्रहरीको आंकलन छ  । केहीलाई उद्धार गरेर किनारमा ल्याइएको छ । तर

अझै केही व्यक्ति भने टापुमै रहेका र सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सो विष्फोट स्थानीय समयानुसार दिउँसो सवा दुई बजे भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि