बैशाख २५, २०८१, मंगलबार
               

सिड्नी छोपियो प्रदुषित धुवाँले

नेपाल फ्ल्यास
मंसिर ०३, २०७६

ADVERTISEMENT

सिड्नीः वरिपरीका जंगलमा फैलिएको डढेलोका कारण अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी प्रदुषित बाक्लो धुवाँको कुहिरोले छोपिएको छ।

रातभरी चलेको हावाले शहरको उत्तरतर्फबाट धुवाँ उडाएर ल्याएको कारण सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको हो । सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको लेखेका छन्। न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरू बस्छन्।

न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण छ जनाको ज्यान गइसकेको छ । सिड्नीमा मङ्गलवार ३७ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने अनुमान गरिएको छ । शहरका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएक छन्। न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुनुपर्ने बताएको छ।

"धुवाँ अझै केही दिनसम्म रहने छ," न्यू साउथ वेल्सको ग्रामीण अग्नि सेवाले भनेको छ। गत हप्ता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो। अधिकारीहरूका अनुसार मङ्गलवारको धुवाँको प्रमुख कारण १ सय ५० किलोमिटर टाढा अवस्थित वोलेमी राष्ट्रिय निकुञ्जको १ लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको बताइएको छ । सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएको कारण त्यहाँ वरपरका बासिन्दाहरूले हप्तौँदेखि बाक्लो धुवाँ र खराव वायु प्रदूषणको सामना गर्नुपरिरहेको छ।
प्रशासन यो हप्ता डढेलो अझै बढ्न सक्ने जनाएको छ । छिमेकी क्वीन्सल्यान्ड राज्यमा बढ्ने तापक्रमले यसलाई अझै वातावरणलाइ अझै खतरनाक बनाउन सक्ने बताइएको छ ।

साउथ अस्ट्रेलिया राज्यले भने आगोबाट 'विनाशकारी' खतरा आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ। त्यहाँको राजधानी एडेलेडमा बुधवारको तापक्रम ४२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि