बैशाख २६, २०८१, बुधबार
               

भारतीय सेनामा सामेल हुँदै रोबो आर्मी
आतंकवादीविरूध्द प्रयोग हुने

नेपाल फ्ल्यास
मंसिर ०१, २०७६

ADVERTISEMENT

नयाँदिल्लीः भारतीय सेनाले कश्मीरमा आतंकवाद निमुर्ल गर्न रोबो आर्मी तयार गर्दैछ। उक्त रोबोटले आतंकवादी लुकेको स्थानमा घुसेर उनीहरूको अवस्था जानकारी गराउनुका साथै उनीहरूलाई मार्न पनि सफल हुनेछ।

यसै महिनाको अन्तसम्ममा सेनामा सामेल हुने यो रोबोटले आंतकवादी प्रभावित क्षेत्रमा सेनालाई सघाउन मद्दत गर्ने छ।

आतंकवाद विरोधी अभियानमा सहयोगी

सम्बन्धित अधिकारीका अनुसार बदलिदो परिवेशमा आवश्यकता अनुसार सेनालाई परस्कृत गरिँदैछ। यसैक्रममा पहिलो चरणमा ५५० रोबोटिक्स सर्भेलान्स युनिट खरिद गरी सेनालाई हस्तान्तरण गर्ने तयारी भएको छ। अधिकारीका अनुसार यो आतंकवादीलाई आक्रमण गर्न सहयोगी हुनेछ।

सुरक्षा बललाई कुनै चुनौती आए वा कारबाही गर्नु परेमा आतंकवादीको संख्या र उनीहरुसँग भएका हातहतियारका बारेमा जानकारी लिन यो रोबोट सहगोगी बन्ने छ। अर्कोतर्फ कुनै पनि सुरक्षा अपरेशन सकिएपछि सम्बन्धित क्षेत्रको बारेमा जानकारी लिन पनि यसले मद्दत गर्ने छ।

यस्तै घर तथा भवनको बारेमा विवरण लिन पनि यसले सहयोग पुग्ने अधिकारीहरु बताउँछन्। प्रत्येक युनिटसँग हुने एक लनचिङ् सिस्टम, एक ट्रान्समिशन सिस्टम र दिन तथा रातमा तस्बिर लिन सक्ने एचडी क्यामरा हुनेछ।  यसले २०० मिटर टाढासम्मको स्पष्ट भिडियो फुटेज खिच्न सक्ने छ।

यो रोबोटको आयु २५ वर्षसम्म उपलब्ध हुने छ। सबैभन्दा पहिले यो जम्मु कश्मीरको आतंक प्रभावित क्षेत्रमा तैनाथ हुनेछ। साथै यसले ३६० डिग्रीमा घुमेर निशाना लगाउन सक्ने छ। अर्कोतर्फ सिढीं चढेर ग्रेनाइट फ्याँक्न पनि सक्ने बताइएको छ।

रोबोट दूर्गम सीमा रेखामा र त्यसको आसपासका क्षेत्रमा छानविनका लागि प्रयोगमा आउने छ। रोबोट घुसपैठ हुने क्षेत्र र पाकिस्तानी सीमामा अग्रपंतीको लडाकू सावित हुने छ। रोबोटिक्स सर्भेलेन्स युनिटको सञ्चालनका लागि सैन्य अधिकारलिाई विशेष प्रशिक्षण दिइने छ। सेनाको प्रत्यक बटालियनमा ७८ अधिकारी वा जवानलाई प्रशिक्षण दिइने छ।

सेनाका अधिकारीका अनुसार अर्को चरणमा रोबोटिक युद्धक वाहन (आरसीवी) खरिदका लागि सोच बनीरहेको छ।

एजेन्सीबाट


कस्तो लाग्यो ?

यो पनि