बैशाख २६, २०८१, बुधबार
               

हिन्दु राष्ट्रको लागि भारतको सद्‍भाव आवश्यक : राप्रपा प्रवास विभाग प्रमुख खड्का

नेपाल फ्ल्यास
असोज १२, २०७६

ADVERTISEMENT

राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना गर्न भारतको सद्भाव आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारतको अन्तर्गत आइतबार नयाँ दिल्लीमा भएको भेलामा प्रमुख खड्‍काले राष्ट्र, राष्ट्रिय पहिचान, हिन्दु राष्ट्र, राजसंस्था, सङ्घीयता जस्तो मुद्दामा नेपाली जनता सकारात्मक हुँदै गएको र यो विषय नेपाली जनताले संविधानको परिधिभित्र बाटै परिवर्तन गर्ने बताए ।

अहिले संविधानले दिएको अधिकार प्रयोग गर्दै सडक र सदनबाट नै परिवर्तन सम्भव रहेको बताउँदै उनले काँग्रेस र कम्युनिस्टले जस्तो राष्ट्रियता खतरामा पारेर मुलुकको आन्तरिक मामिलामा राप्रपा विदेशी सहयोग नखोज्ने पार्टी भएको धारणा राखे । 

समान विचारधारा भएको विजेता र तमाम हिन्दुवादी भारतीय जनताको सद्भाव नै परिवर्तनको लागि काफी हुने उनले बताए । 

विश्वको २५ भन्दा बढी मुलुकमा सङ्गठन रहेको प्रवासी नेपाली एकता समाजले भारतको विभिन्न सहरहरूमा सङ्गठन विस्तार गरेर अधिवेशन गर्ने भएको छ ।

कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकले गुमाएको गौरवशाली इतिहासलाई फर्काउने अभियानमा प्रवासमा रहेका नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे । 

नेपालको राजनीतिमा स्पष्ट विचार र अलग पहिचानका साथ क्रियाशील राप्रपालाई स्थापित गर्न उच्च मनोबलका साथ पार्टी अगाडि बढिरहेको चर्चा गर्दै बर्तौलाले मुलुकमा भइरहेको बेथिति, विसङ्गति, बेरोजगारी र भ्रष्टाचारको विषयमा सबैको खबरदारी हुनु पर्नेमा जोड दिए । 

गरिबी र अशिक्षाको फाइदा उठाउँदै गाउँको गाउँ धर्म परिवर्तन गरिएकोमा तीव्र असन्तुष्टि व्यक्त गर्दै उनले सरकार धार्मिक द्वन्द्व गराउनेतर्फ उन्मुख भएको र राज्य सर्वसत्तावादको बाटोतर्फ गएको भन्दै रोष प्रकट गरे । 

कार्यक्रममा हिन्दु एकता मञ्च नेपालका संयोजक गणेश रिमाल, हिन्दुवादी नेताहरू महेन्द्र केसी, केबी थापा, राप्रपा बैतडी अध्यक्ष  प्रेमबहादुर चन्द, आचार्य सुजन पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

भेलाले अध्यक्ष हिक्मत चन्दको अध्यक्षतामा १५ सदस्यीय प्रवासी नेपाली एकता समाज दिल्ली गठन गरेको छ । समाजको उपाध्यक्षमा प्रहर्श मल्ल, उमाचन्द ठाकुर, सचिवमा गोकर्ण ओली, प्रवक्ता सिबी क्षेत्री र कोषाध्यक्ष शुभ दाहाल रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि