बैशाख २५, २०८१, मंगलबार
               

एनआरएनएमा राष्ट्रवादी भोट निर्णायक
उचित समयमा निर्णायक कदम चाल्ने छौँ : विजय खड्का, प्रवास विभाग प्रमुख, राप्रपा

नेपाल फ्ल्यास
असोज ०४, २०७६

ADVERTISEMENT

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी सम्मेलनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको चर्चा चुलिन थालेको छ ।

यसपटकको सम्मेलनमा विश्वभरबाट राप्रपा निकट राष्ट्रवादी मतदाता उल्लेख्य संख्यामा जितेर आएका छन् । विगतका सम्मेलनहरुमा असङ्गठित हुँदा उनीहरूको मत निर्णायक हुने गरेको थिएन । यसपटकको सम्मेलनमा भने उनीहरूको भोट निर्णायक हुने देखिएको छ ।

एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौँमा हुँदै छ ।

सम्मेलनको मिति नजिकिएसँगै उम्मेदवारी घोषणा समेत हुन थालेको छ । हालका उपाध्यक्ष कुमार पन्तले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अरू पदमा पनि उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ । अध्यक्षमा हालका भवन भट्टले आफू दोहोरिन चाहेको चर्चा पनि चलेको छ ।

अध्यक्षमा अर्का उपाध्यक्ष कुल आचार्यले तयारी सुरु गरेका छन् । तर कुमार पन्तबाहेक अरूले नेतृत्वका लागि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

उम्मेदवार जो जो भए पनि यसपटकको निर्वाचनमा राष्ट्रवादी भोट निर्णायक हुने देखिएको छ । विश्वभरका मतदाता नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनबाट देश सही बाटोमा नपुगेको निष्कर्षमा पुगेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश मुलुकमा प्रवासी नेपाली एकता समाज गठन गरेर विश्वभरमा आफ्नो दर्बिलो उपस्थिति जनाइसकेको छ । यो सङ्गठनलाई अरू राष्ट्रवादी दल तथा संस्थाहरूले पनि साथ दिँदै आएका छन् ।

यो पटकको सम्मेलनमा प्रभावशाली देशहरूबाट राप्रपा समर्थितहरू चुनिएर आएका छन् ।

यो निर्वाचनमा राष्ट्रवादीहरूको खरो र सार्थक उपस्थिति हुने राप्रपा प्रवास विभागका प्रमुख विजय खड्काले बताए । उनले आगामी सम्मेलनमा कस्तो रणनीति लिने र सहकार्य कसरी गर्ने भनेर विश्वभरका साथीहरूसँग परामर्श गरिरहेको जानकारी दिए ।

प्रवास विभाग प्रमुख खड्काले भने- 'हामी छलफलमै छौँ । अहिले विश्वभरका साथीहरूसँग परामर्श भइरहेको छ । उचित समयमा सही नीति र निर्णायक कदम लिएर आउने छौँ । उनले एनआरएनए गैरराजनीतिक संगठन भएकोले राजनीतिक आग्रह तथा पूर्वाग्रहबाट मुक्त हुनुपर्ने राप्रपाको धारणा रहेको भएता पनि काग्रेस-कम्युनिस्टको चरम हस्तक्षेपका कारण राप्रपा पनि अघि बढनु परेको बताए ।'

यो पटक ठूलो संख्याम राप्रपा समर्थितहरु एनआरएनएमा चुनिएर आउँदै छन् । मलेसियाबाट प्रवासी नेपाली एकता समाजका अध्यक्ष योगेन्द्र कुँवर, महासचिव हेमराज सापकोटा, ईन्द्रवहादुर कुँवर, माधव भुषाल, केशव झालगायत चुनिएर आएका छन् । 

त्यस्तै जर्मनीबाट अध्यक्ष विजय शाही, स्पोर्टस कोअर्डिनेटरमा अर्जुन ओली, प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशी, एनआररएनए नेदरल्यान्डसमा उपाध्यक्ष कुश वजगाई, युथ कोअर्डिनेटर अमिर गुरूङ, रमेश गुरूङ, एनआरएनए-आरसीसी आबुधावीका अध्यक्ष विश्वदेव शाह, एनआरएनए-आरसीसी दुवईका भीम मल्ल ठकुरी, एनआरएनए-आरसीसी अजमान युएईका धनपति न्यौपाने प्रतिनिधि बनेका छन् ।

यस्तै ईजरायलका महिला कोअर्डिनेटर सुमी शाही, प्रनेएस मध्यपूर्व संयोजक तोयानाथ लम्साल, जापानवाट रघुदीप खडका, चन्द्र उपाध्याय, एनआरएनए अमेरिकाबाट राप्रपाका नेता प्रेमकुमार श्रेष्ठ, पूर्वप्रवक्ता विनोदकुमार तिवारी, क्यानाडाका पूर्वअध्यक्ष अनिल थापालगायतका विश्वभरवाट प्रभावशाली हस्तीहरूको एनआरएनएको सम्मेलनमा हुने उपस्थिति प्रत्याशीहरूका लागि निर्णायक हुने छ ।

एनआरएनए आबुधावीका अध्यक्ष विश्वदेव शाहले आगामी सम्मेलनमा कसरी अघि बढ्ने भन्नेमा परामर्श भइरहेको जानकारी दिएका छन् । उनले भने- 'कोसँग तथा के कस्तो सहकार्य गर्ने भन्नेमा हामी परामर्शमा छौं । विश्वभर छरिएर रहेका साथीहरुबीच आगामी सम्मेलनमा दह्रो र खरो उपस्थिति देखाउने गरी तयारी भइरहेको छ ।'

त्यस्तै जर्मनीका स्पोर्टस कोअर्डिनेटर अर्जुन ओलीले पनि विस्तृत छलफलबाट समग्र एनआएरएनएको हित र नेपालको भलो पुग्ने दिशामा निर्णय लिने बताए । 

अन्य पदमा पनि तीव्र तयारी

चुनाव नजिकिँदै जाँदा एनआरएनए आइसिसीमा नेतृत्वका लागि सम्भावित प्रत्याशी गृहकार्य तीव्र पारेका छन् ।

यस पटक उपाध्यक्षमा सपिला राजभण्डारी, यमकुमार गुरूङ(त्रिलोक), महासचिव बद्री केसी, धर्मराज अधिकारी, किरण थापा, सोनाम लामालगायत आकाङ्क्षी छन् । 

यस्तै महासचिवमा डीबी क्षेत्री, डा. केशव पौडेल र हेमराज शर्माले चासो देखाएका छन् । सचिवमा शिव बरुवाल, गौरीराज जोशी आकाङ्क्षी छन् ।

कोषाध्यक्षमा सोम सापकोटा, सुदन थापा, आरके शर्मा र महेश श्रेष्ठको नाम चर्चामा छ । त्यस्तै युरोप महिला संयोजक योगिता थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । युथ कोअर्डिनेटरमा स्वतन्त्र प्रताप शाहले उम्मेदवारी घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि