बैशाख २५, २०८१, मंगलबार
               

विश्वदेव शाहको नेतृत्वमा एनआरएन प्रतिनिधि छनोट

नेपाल फ्ल्यास
भदौ ०२, २०७६

ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (नेपाली एसोसिएसन) १९-२१ को लागि युएईको आरसीसी क्षेत्रीय समन्वय परिषदको सदस्यता विस्तार तथा प्रतिनिधि छनोट गरिएको छ ।

अबुधाबीबाट प्रवासी नेपाली एकता समाज युएई र ठकुरी सहयोग संजाल युएईका वरिष्ठ सल्लाहकार विश्वदेव शाहको नेतृत्वमा छनोट गरिएको छ । आरसीसी दुबैबाट ठकुरी सहयोग संजाल युएईका अध्यक्ष तथा प्रवासी नेपाली एकता समाज युएईका वरिष्ठ सदस्य भीम मल्लको नेतृत्वमा छनोट गरिएको छ ।

त्यसैगरी रस अल खेमाबाट सुरेश श्रेष्ठ, अजमानबाट डीपी न्यौपाने, फुजेराबाट काशीनाथ कार्की, शारजहाबाट सरोज अधिकारी र अलऐनबाट उज्ज्वल दहालको नेतृत्वमा प्रतिनिधि छनोट भएका छन् ।
राष्ट्रिय समन्वय परिषदको निर्वाचन भने हुन बाँकी छ।


कस्तो लाग्यो ?

यो पनि