बैशाख २४, २०८१, सोमबार
               

प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको अध्यक्षमा राजवंशी र महासचिवमा आचार्य चयन

नेपाल फ्ल्यास
साउन २७, २०७६

ADVERTISEMENT


प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको अध्यक्षमा अजय राजवंशी र महासचिव एवं प्रवक्तामा मिलन आचार्य चयन भएका छन् । समाज राप्रपामा आबद्ध रहेका प्रवासीहरूको संस्था हो ।

मेलबर्नमा हालै भएको भेलाले कार्यसमिति चयन गरेको हो । समाजको प्रमुख सल्लाहकारमा डा. रामकृष्ण निरौलालाई राखिएको छ भने सल्लाहकारमा दीपक गौतम चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपाने, उपाध्यक्ष प्रमोद भण्डारी, सहायक प्रवक्ता सचिन पाण्डे, कोषाध्यक्ष अनुप ढकाल र सह कोषाध्यक्ष मन्दिप आचार्य चयन भएका छन् ।

कार्यक्रमको अतिथि रहेका मेलबर्न भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रवासी नेपाली एकता समाज अस्ट्रेलियालाई शुभकामना दिँदै प्रवासमा आइपर्ने समस्याको समाधानको लागि समाजसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएनएका सचिव देव गुरुङ, समाजसेवी दीपक विष्टले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष अजय राजवंशीले कार्यसमितिको घोषणा गर्दै धर्म, संस्कृति पहिचानको रक्षाको लागि समाज क्रियाशील हुने बताए ।

समारोहमा वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै समाज वैचारिक रूपमा अघि बढ्ने तथा नेपालमा प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको वैचारिक आस्था मिल्ने पार्टी राप्रपा भएकोले सो पार्टीको नीति सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि