बैशाख २४, २०८१, सोमबार
               

एनआरएन कपको उपाधि मिलान रातोलाई

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

इटालीमा भएको एनआरएनए कप अन्टरसिटी फुटबल प्रतियोगिताको उपाधि  साबिक बिजेता नेपाली मितेरी मञ्च मिलान रातोले जितेको छ ।

आइतबार मिलानमा फाइनलमा मिलानले कोलेकियो नेपाली परिवार पारमालाई १०-२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीको आयोजनामा  दुई दिनसम्म भएको प्रतियोगितामा ६ वटा टोली सहभागी भएका थिए।

नेपाली समाज पिसा र नेपाली समाज रोमले प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका थिए ।

प्रतियोगितामा मिलानका अनिल पाण्डे सर्वोत्कृष्ट खेलाडी बने । नेपाली समाज पिसाका खेलाडी राज चौलागाईले सर्वाधिक १५ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षकको उपाधि पारमाका मनित शेरबुजाले पाए ।

खेल हेर्न स्वीट्जरल्याण्डस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख तीर्थराज वाग्ले, एनआरएनए इटालीका अध्यक्ष दिपेशकुमार रेग्मीलगायतको सहभागी हुन पुगेका थिए ।

नेपाल मितेरी मञ्चको सहयोगमा एनआरएनए इटालीले गत वर्षदेखि फुटबल प्रतियोगिता गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि