बैशाख २५, २०८१, मंगलबार
               

जापानमा ‘नेपाल महोत्सव’ हुँदै

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्‍याउन जापानको नागोयामा नेपाल महोत्सव २०१९ हुने भएको छ ।

जापानको नागोयामा रहेका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुईदेशबीच सम्बन्ध मजबुत बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा नेपाली कला, संस्कृति, परम्परागत झाँकी, रहनसहन, खाना तथा गीत संगीत पस्कने तयारी भइरहेको छ । महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष २०२० मा जापानिज नागरिकलाई निमन्त्रणा गर्नु मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताए ।

जापानस्थित नेपाली दूतावास र एनआरएनएन नागोयात्रको सयुक्त आयोजनामा हुने महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसंस्थाहरु सह–आयोजक छन् । महोत्सव साकायस्थित हिसाय दोहोरी पार्कमा यही जुन १५ र १६ तारिकमा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि