बैशाख २७, २०८१, बिहीबार
               

आयरल्यान्डको भ्रमण सकेर सभामुख स्वदेश फिर्ता

नेपाल फ्ल्यास
असोज ०७, २०८०

ADVERTISEMENT

काठमाडौं । आयरल्यान्डको भ्रमण सकेर सभामुख देवराज घिमिरे  स्वदेश फर्किएका छन् । 

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसग कुरा गर्दै उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनेड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्यान्डका राष्ट्रपति माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट भएको जानकारी गराए । 

उनले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्यान्ड भ्रमणमा सहजीकरण गर्ने, आउँदो दिनमा नेपालबाटै आयरल्यान्डका लागि भिसाको प्रबन्ध गर्ने र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा कुराकानी भएको समेत बताए । 


कस्तो लाग्यो ?

यो पनि