बैशाख २७, २०८१, बिहीबार
               

जनयुद्ध पीडितका आगनमा पुगेर प्रचण्डले माफी माग्नुपर्छ: वामदेव गौतम

नेपाल फ्ल्यास
भदौ २०, २०८०

ADVERTISEMENT

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडितसंग क्षमायाचना गर्नुपर्ने बताएका छन् । 

काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जनयुद्धकालमा भएका राम्रा मात्र नभएर नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर माफी नमागेसम्म नगएसम्म आफूले माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभई गल्ती हो उनले भने । 

उनले भने, ‘हामी नेपालको सबै कम्युनिस्टहरूलाई एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्न मिल्दैन । कमरेड प्रचण्डले पीडितका घरमा गएर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।’

नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेको भन्दै हट्नैपर्ने बताए । 

गौतमले समाजवाद ल्याउने घोषणा गरेर चुनावमा गएका पार्टीहरूमा पुँजीवादभन्दा अरू केही नरहेको जिकिर गरे । 
 


कस्तो लाग्यो ?

यो पनि