बैशाख १८, २०८१, मंगलबार
               

चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु पर्छ: सभापति देउवा

नेपाल फ्ल्यास
भदौ १९, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन र भारतसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु पर्ने बताएका छन् । 

आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने धारणा राखे । उनले नेपालसँग बिजुली किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको देउवाको भनाइ थियो ।

उनले भने, चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारत दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । चीन र भारतलाई बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । कि हामीले बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ ।
सभापति देउवाले सरकार र कर्मचारी एकआपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए । 
 


कस्तो लाग्यो ?

यो पनि