बैशाख २१, २०८१, शुक्रबार
               

सबै प्रकरणको छानबिन गर्न सरकारलाई केपी ओलीको चुनौती

नेपाल फ्ल्यास
भदौ ११, २०८०

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।  अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जान सक्ने दावी समेत गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानुनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिए । ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर, त्यहाँ कुनै पनि अनियमितता नगरेको दाबी गरे । उनले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको जिकिरसमेत गर्न भ्याय । 

उनले भने, ‘हामी कुनै पनि प्रकारको गलत क्रियाकलाप गर्दैनौँ । विरोधीहरूले पहिले पनि यती होल्डिङ्स भने, हामीले छानबिन गर भनिराखेका छौँ । बाइडबडी छानबिन गर, अनि आफैँ जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । अहिले गिरीबन्धु टी स्टेटको कुरा निस्केको छ, गर न छानबिन कमिसन खाएको छैन । नेकपा एमाले कमिसनको पछाडि कुद्ने पार्टी होइन । ओम्नीको पनि छानबिन गर । भ्रष्टहरूले हामीलाई थर्काउने उल्टै ’

देश बनाउने भिजन लिएको भन्दै त्यही उद्देश्य पूरा हुने गरी अघि बढ्न पार्टीका  नेता, कार्यकर्तालाई ओलीले निर्देशन पनि दिए । 
 


कस्तो लाग्यो ?

यो पनि