बैशाख १८, २०८१, मंगलबार
               

देशलाई समृद्धि र विकास तर्फ अघि बढाउनुपर्छ : सभापति देउवा

नेपाल फ्ल्यास
भदौ ०१, २०८०

ADVERTISEMENT

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धि र विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई आज सम्बोधन गर्दै सभापति देउवाले कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीसहित सबै मिलेर देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने धारणा राखेका हुन् । उनले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टी प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।  

उनले भने, ‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक पार्टी हो, हामी आउने—जाने हो । त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । सबै मिलेर देशलाई समृद्धितर्फ, विकासतर्फ अघि बढाउनुपर्छ ।’

डेङ्गी सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायहहरू अवलम्बन गर्नुपर्ने पनि उनले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि